चिसोका कारण थप एक भूकम्प पीडितको मृत्यु

नेपालभ्युज

चिसोका कारण थप एक भूकम्प पीडितको मृत्यु

सुर्खेत । चिसोका कारण थप एकजना भूकम्प पीडितको मृत्यु भएको छ । जाजरकोटको बारेकोट गाउँपालिका रामीडाँडाका भूकम्पपीडित डुमे पुनको चिसोका कारण त्रिपालमा मृत्यु भएको हो ।

चिसोका कारण पुनको त्रिपालमै मृत्यु भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरी बताए । ‘अस्थायी त्रिपालमा आश्रय लिएर बस्दै आउनु भएको थियो’, उनले भने ,‘उहाँको चिसोका कारणले मृत्यु भएको छ ।’

बारेकोटमा भूकम्प पीडितका लागि व्यवस्थित त्रिपाल, कम्बल, न्यानो कपडा, म्याटलगायतका दुई हजार सेट राहत सामग्री तत्काल आवश्यक परेको गिरीले बताए ।

यससँगै चिसोका कारण मृत्यु हुने भूकम्पपीडितको संख्या पाँच पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved