उत्तरी गाजा पट्टीका अस्पताल सेवा दिन नसक्ने अवस्थामा

नेपालभ्युज

उत्तरी गाजा पट्टीका अस्पताल सेवा दिन नसक्ने अवस्थामा

गाजा । इजरायली आक्रमणका कारण अत्यावस्यक वैकल्पिक जेनेरेटरहरू समेत सञ्चालन गर्न इन्धनको अभाव भएपछि उत्तरी गाजा पट्टीमा प्यालेस्टिनी अस्पतालहरूले सेवा बन्द गरेका छन् ।

इजरायली आक्रमण र इन्धन सकिएको कारण अल-अहली अस्पताल बाहेक सबै अस्पतालहरू सेवा प्रदान गर्न असमर्थ भएका छन्,” स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल-केद्राले उल्लेख गरेका छन् ।

अल-शिफा मेडिकल अस्पतालमा जेनेरेटर अभावका कारण पाँच नवजात शिशु र सात अन्य बिरामीको मृत्यु भएको मन्त्रालयका प्रवक्ताले बताएका छन् । मिर्गौला डायलासिसका बिरामीको उपचार गर्न नसक्दा थुप्रै विरामीको ज्यान जान सक्ने अवस्था रहेको पनि उनले उल्लेख गरेका छन् ।

आइतबार प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटी (पीआरसीएस) ले गाजा शहरको अल-कुड्स अस्पताल इन्धन अभाव र बिजुली कटौतीको कारणले सञ्चालन बन्द गरेको बताएको छ। सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved