जाजरकोट भूकम्प: घर क्षति पुगेकालाई पुनर्निर्माणको लागि बैंक खातामा रकम दिइने

नेपालभ्युज

जाजरकोट भूकम्प: घर क्षति पुगेकालाई पुनर्निर्माणको लागि बैंक खातामा रकम दिइने

काठमाडौं। सरकारले जाजरकोट भूकम्पमा क्षति भएका घरहरूको पुनर्निर्माण एक वर्षभित्र सक्ने गरी तयारी थालेको छ ।

क्षतिग्रत घरहरूको पुनर्निर्माण एक वर्षमा सक्ने मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छ।

बैठकको निर्णय कार्यान्वयनका लागि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रक्रिया थालेको हो ।

प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जाजरकोट भूकम्पमा क्षति पुगेका घर वर्ष दिनभित्र पुनर्निर्माण गर्न सरकारबाट निर्देशन प्राप्त भएको बताए ।

प्राधिकरणले सोही विषयमा छलफल अघि बढाएको छ । पुनर्निर्माणमा विगतको अनुभवलाई पनि हामी समेट्ने उनले बताए । प्राधिकरणका प्रवक्ता खड्काले यस पटकको पुनर्निर्माण विगतको भन्दा चाँडो हुने दाबी गरे ।

१२ वैशाख ०७२ मा गएको भूकम्पमा क्षति पुगेका घर पुनर्निर्माण गर्न पाँच वर्ष लागेको थियो ।

पुनर्निर्माणका लागि सरकारले लाभग्राहीको बैंक खातामा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत तीन चरणमा प्रति लाभग्राही तीन लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

जाजरकोट भूकम्पमा क्षति पुगेका घर पुनर्निर्माणमा पनि लाभग्राहीकै बैंक खातामा रकम उपलब्ध गराउने गरी प्राधिकरणले तयारी थालेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved