भूकम्पका घाइते थप एकको उपचारका क्रममा मृत्यु

नेपालभ्युज

भूकम्पका घाइते थप एकको उपचारका क्रममा मृत्यु

काठमाडौं ।   कात्तिक १७ गतेको भूकम्पका कारण घाइते भएका  थप एक जनाको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका अनुसार  रूकुम पश्चिमको चौरजहारी नगरपालिका– १ घारिगाँउका २३ वर्षीय निरोज विष्टको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो।

विष्ट चौरजहारी नगरपालिकामा नगर प्रहरी थिए ।

घाइतेमध्ये रूकुम पश्चिमका १९ जनाको सुर्खेत, बाँके र काठमाठौंमा उपचार जारी छ।

योसँगै जाजरकोटलाई केन्द्र बिन्दु बनाई गत शुक्रबार राति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या रूकुम पश्चिममा मात्रै ५३  पुगेको छ  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved