देशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना

नेपालभ्युज

देशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

विभागका अनुसार देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागको मौसम सामान्यतया सफा रहने छ ।

विभागले दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भूभागको मौसम सफा रहनेछ ।

पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार आज राति देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागको मौसम सफा रहनेछ ।

कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved