इन्डोनेसियामा नौ महिना हिरासतपछि एमभी आशीको टोली भारत फर्कियो

नेपालभ्युज

इन्डोनेसियामा नौ महिना हिरासतपछि एमभी आशीको टोली भारत फर्कियो

नयाँदिल्ली । इन्डोनेसियाली सरकारले एमभी आशी जहाजका चालक दलका तीन सदस्यलाई रिहा गरेको इन्डोनेसियास्थित भारतीय दूतावासले बुधबार जनाएको छ ।

इन्डोनेसियास्थित भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी खुशी छौं, फेब्रुअरी २०२३ मा जहाज दुर्घटनापछि हिरासतमा लिइएका एमभी आशीका तीन चालक दलका सदस्यहरू आज भारत फर्केका छन् । यसलाई सम्भव तुल्याउन सहयोग गरेकोमा हामी इन्डोनेसियाको विदेश मन्त्रालयलाई धन्यवाद दिन चाहन्छौं।”

यसैबीच भारतीय विदेशमन्त्री एस जयशङ्करले इन्डोनेसियास्थित भारतीय दूतावासले चालक दलका सदस्यको सफलतापूर्वक स्वदेश फिर्तीका लागि प्रशंसा गरेका छन् ।

जयशङ्करले एक्स (ट्वीटर)मा लेखेका छन्, “जाकार्तास्थित भारतीय दूताबासको राम्रो कामका लागि धन्यबाद । हाम्रा मानिसहरू घर फर्केका छन् । यसले हामीलाई खुसी लागेको छ ।”

ब्रेकबल्कको एक रिपोर्टअनुसार, ५० डीडब्ल्यूटीको ‘एमभी आशी’ नामक जहाजले फेब्रुअरी १० मा दुबईबाट इन्डोनेसियाको लागि १९०० टन डामर लिएर जाँदै गर्दा खराब मौसमको सामना गर्नुपरेको थियो ।

जहाजमा पानी पसेको थाहा पाएपछि चालक दलका सदस्यले इन्डोनेसियाली अधिकारीसँग नियास टापुनजिकै जहाजलाई तान्न लगाउन अनुमति मागेका थिए । त्यसपछि चालक दलका सबै २० सदस्यलाई बाहिर निकालिएको थियो । इन्डोनेसियाली अधिकारीहरूले छरिएको डामर तुरुन्तै सफा गरेका थिए ।

तथापि, जहाजको अवस्था खराब भयो, जसले गर्दा लगभग ८० प्रतिशतको झुकावसँगै अन्ततः जहाज डुब्न थाल्यो । क्याप्टेन सञ्जीव कुमार, चिफ इञ्जिनियर सञ्जयकुमार पाण्डे र चिफ अफिसर सियाब सलामलाई थप अनुसन्धानका लागि छोडेर फेब्रुअरी २४ सम्ममा चालक दलका १७ सदस्यलाई स्वदेश फर्काइएको थियो ।

यसपछि तीनै जनाको राहदानी जफत गरिएको थियो र इन्डोनेसियाली अधिकारीहरू, स्थानीय प्रहरी, तटरक्षक र बन्दरगाह अधिकारीहरूले सबै खोजी कागजातहरू जफत गरेका थिए ।

ब्रेकबल्कका अनुसार अनुसन्धानले जहाजमा भएका विभिन्न कमीकमजोरी र यसको अक्षमता पत्ता लगाए पनि हिरासतमा लिइएका व्यक्तिहरूलाई जहाजको ग्राउन्डिङका कारण हुने वातावरणीय क्षतिको कुनै पनि जिम्मेवारीबाट मुक्त गरेको छ ।

यसका बावजुद इन्डोनेसियाली सरकारले विगत सात महिनादेखि ती व्यक्तिहरूलाई नियास टापूको एक होटलमा नजरबन्दमा राखेको थियो ।

महिनौंको वार्तापछि भारतीय दूतावासले तीन जना अधिकारीको रिहाई सुनिश्चित गर्न अन्तत: सफल भयो । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved