युरोपेली संघले गाजालाई थप २ करोड ५० लाख युरो सहयोग गर्ने

नेपालभ्युज

युरोपेली संघले गाजालाई थप २ करोड ५० लाख युरो सहयोग गर्ने

काठमाडौं। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपेली सङ्घले गाजाका लागि मानवीय सहायतामा २ करोड ५० लाख युरो (२ करोड ७० लाख अमेरिकी डलर) वृद्धि गरेको बताएका छन् ।

यसो गर्दा युरोपेली सङ्घले गाजाका नागरिकका लागि मानवीय सहायतामा कुल १० करोड युरो खर्च गर्नेछ।

भोन डेर लेयेनले इजिप्टबाट गाजामा सहायताको प्रवाह ‘धेरै सानो रहेको’ र ईयूले साइप्रसबाट समुद्रको माध्यमबाट आपूर्तिसहित अन्य सम्भावित मार्गहरू स्थापना गर्न काम गरिरहेको बताए।

इजरायली सेनाले सोमवार गाजामा प्यालेस्टिनी लडाकुलाई लक्षित गरी तीव्र आक्रमण जारी राखेको छ। युद्धको अवधि १ महिना नजिक पुगेको छ र हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले घेरिएको क्षेत्रमा ज्यान जानेको सङ्ख्या १० हजार पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved