जाजरकोट भूकम्प : २४६ जना घाइते घर गए, ९४ जना अस्पतालमै

नेपालभ्युज

जाजरकोट भूकम्प : २४६ जना घाइते घर गए, ९४ जना अस्पतालमै

काठमाडौं । जाजरकोट भूकम्पमा परेर घाइते भएकामध्ये ९४ जना मात्र उपचाररत छन् ।

शुक्रबार राति गएको भूकम्पमा परेर घाइते भएकामध्ये २४६ जना उपचारपछि घर फर्किएका छन् ।

गृह मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार जम्मा घाइते भएका ३४० जनामध्ये २४६ जना उपचारपछि घर फर्किएका छन् ।

घाइतेमध्ये ९४ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।

उनका अनुसार भूकम्पमा परेर जाजरकोटमा घाइते भएका १३२ जनामध्ये ७९ जना उपचारपछि घर फर्किएका छन् ।  बाँकी ५३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

जसमा भेरी अस्पताल नेपालगन्जमा २९ जना (६ जना गम्भीर), कोहलपुर मेडिकल कलेज नेपालगन्जमा दुईजना, प्रदेश अस्पताल सुर्खेतमा १२ जना र जाजरकोट जिल्लामा १० जना उपचाररत रहेका छन् ।

भूकम्पमा परेर रुकुम पश्चिममा घाइते भएका १८९ जनामध्ये १५० जना उपचारपछि घर फर्किएका छन् । बाँकी ३९ जनाको पनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved