बाबुले छोरीलाई ‘बन्धक’ बनाएपछि ह्याम्बर्ग विमानस्थलमा उडान अवरूद्ध

नेपालभ्युज

बाबुले छोरीलाई ‘बन्धक’ बनाएपछि ह्याम्बर्ग विमानस्थलमा उडान अवरूद्ध

बर्लिन । हतियार र विस्फोटक पदार्थले सुसज्जित एक बाबुले आफ्नो छोरीलाई ह्याम्बर्ग विमानस्थलमा बन्धक बनाएर राखेको भन्दै उनलाई छुटाउन प्रयास गरिरहेको जर्मनीका प्रहरी वार्ताकारहरूले बताएका छन् ।

पैँतीस वर्षीय ती व्यक्तिले टर्किस एयरलाइन्सको विमानको आडमा आफू र आफ्नो कारमा रहेकी बच्चीलाई जहाजमा चढ्न अनुमति दिन माग गर्दै अवरोध गरेका छन् ।

प्रहरीका अनुसार उनले शनिबार साँझ आफ्नो कारलाई सुरक्षा क्षेत्र हुँदै विमान पार्किङ गरिएको एप्रोनमा ठोक्काएर हावामा दुई राउण्ड गोली हानेका थिए भने दुई वटा जलेका बोतल गाडीबाट बाहिर फ्याँकेका थिए ।

“हाम्रा वार्ताकारहरू अझै सम्पर्कमा छन्,” प्रहरीले एक्स (ट्वीटर)मा भनेको छ, “टर्कीका नागरिक रहेका ‘अपहरणकारी’सँग वार्ता भएको छ ।” “हाम्रो जानकारी अनुसार अहिले अवरोधकर्तासँग लोड गरिएको हतियार र विस्फोटक पदार्थ रहेको अनुमान गरिएको छ,” प्रहरीले भनेको छ ।

दैनिक बिल्ड पत्रिकाका अनुसार टर्कीको नागरिक बाबुले सुरुमा आफ्नी छोरीलाई लिएर टर्की जान पाउनुपर्ने माग गरेका थिए । प्रहरी प्रवक्ता सान्ड्रा लेभ्रुएनले क्षेत्रीय टेलिभिजन च्यानल एनडीआरसँग भने, “बच्चा शारीरिक रुपमा स्वस्थ छन् भन्ने हामीलाई पूर्ण विश्वास छ ।”

“म बाबुको मानसिक अवस्थाबारे कुनै शङ्का गर्न सक्दिन,” प्रहरी प्रवक्ता लेभ्रुएनले भने । “हामी बाबुसँग निरन्तर कुरा गरिरहेका छौं”, उनले थपिन्, “शान्तिपूर्ण समाधान खोज्ने प्रयास गरिरहेका छौं ।”

प्रहरीले मनोचिकित्सक र वार्ताकारको टोली का साथै र्‍यापिड रेस्पोन्स युनिट पनि तयारी अवस्थामा राखेको छ ।

अधिकारीहरूका अनुसार बच्चाको हिरासतको विषयमा भएको विवादका कारण उक्त घटना भएको अनुमान गरिएको छ र चालककी श्रीमतीले आपतकालिन फोन गरेर आफ्नो बच्चाको ‘अपहरण’बारे प्रहरीलाई सचेत गराएकी थिइन् ।

“हामी आपतकालीन सेवाहरूको ठूलो टोलीको साथ घटनास्थलमा छौं । हामी अहिले बन्धकमा लिने व्यक्तिसँग एक स्थिर अवस्थामा छौं,” प्रहरीले उत्तरी शहरबाट एक्स (ट्वीटर)मा घटनाबारे जानकारी दिँदै यसपहिले नै जानकारी गराएको थियो ।

लेभ्रुएनले बुबा लामो समयसम्म अधिकारीहरूको सम्पर्कमा रहनु ‘धेरै राम्रो सङ्केत’ भएको बताए। आइतबार बिहान विमानस्थल व्यवस्थापनले एक्समा पोस्ट गर्दै भनेको छ, “प्रहरी अपरेसन जारी छ, अर्को सूचना जारी नभएसम्मका लागि हवाई यातायात स्थगित गरिएको छ ।

घटनाका कारण शनिबार साँझ ह्याम्बर्गमा अवतरण गर्ने तय भएका १७ वटा उडानलाई डाइभर्ट गरिएको थियो । आइतबारका लागि ३४ हजार ५ ०० यात्रुको २८६ उडानमार्फत् आवागमन हुने तालिका छ । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved