राष्ट्रपति पौडेललाई चिनियाँ समकक्षी सीको समवेदना सन्देश

नेपालभ्युज

राष्ट्रपति पौडेललाई चिनियाँ समकक्षी सीको समवेदना सन्देश

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले आइतबार गएको शक्तिशाली भूकम्पबाट भएको क्षतिप्रति समवेदना प्रकट गर्दै राष्ट्रपति रामचन्द्र पौडेललाई सन्देश पठाएका छन् ।

चिनियाँ सरकार र जनताको तर्फबाट सीले मृतकहरूप्रति गहिरो समवेदना प्रकट गर्दै, शोकसन्तप्त परिवार र घाइतेहरूप्रति गहिरो समवेदना प्रकट गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन्।

सन्देशमा सीले कर्णाली प्रदेशमा गएको शक्तिशाली भूकम्पले ठूलो मानवीय र धनजनको क्षतिले आफू स्तब्ध भएको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved