टर्कीले इजराइलबाट आफ्नो राजदूतलाई फिर्ता बोलायो

नेपालभ्युज

टर्कीले इजराइलबाट आफ्नो राजदूतलाई फिर्ता बोलायो

एजेन्सी।  टर्कीले गाजामा भएको रक्तपातको विरोधमा इजराइलबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ । साथै उसले इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग सम्पर्कसमेत तोडेको छ । अंकाराले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनको टर्की भ्रमण कठिन हुने वाचाको पूर्वसन्ध्यामा त्यस्तो निर्णय गरेको हो ।

प्यालेस्टिनी सहयोगी टर्कीले गत महिना इजराइल–हमास युद्ध सुरु हुँदासम्म इजराइलसँगको बिग्रिएको सम्बन्धलाई सुधार गर्दै आएको थियो । तर, लडाइँ बढ्दै गएपछि प्यालेस्टिनी सर्वसाधारणको मृत्युको संख्या बढ्दै गएसँगै इजरायल र उसका पश्चिमी समर्थक विशेषगरी अमेरिका दुवैविरुद्ध टर्कीको स्वर कडा भएको छ ।

‘गाजामा सर्वसाधारणविरुद्ध इजराइलले गरेको लगातारको हमला र उसले युद्धविराम गर्न अस्वीकार गरेका कारण भएको मानवीय त्रासदीलाई ध्यानमा राख्दै राजदूत साकिर ओजकान टोरुलनरलाई परामर्शका लागि फिर्ता बोलाइएको छ,’ टर्कीको विदेश मन्त्रालयले भनेको छ ।

इजरायलले सुरक्षा सतर्कताका रूपमा यसअघि नै टर्की र अन्य क्षेत्रीय मुलुकहरूबाट सबै राजदूतहरूलाई फिर्ता बोलाएको थियो । इजराइली विदेश मन्त्रालयले गत साताको अन्त्यमा इजराइल–हमास युद्धका बारेमा टर्कीको बढ्दो तिखो वक्तव्यका कारण अंकारासँगको सम्बन्धलाई ‘पुनर्मूल्यांकन’ गरिरहेको बताएको थियो ।

एर्दोगानले शनिबार दुवै पक्षबीच कूटनीतिक सम्पर्कलाई सम्पूर्ण रूपमा तोड्ने जोखिम टर्कीले उठाउन नसक्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved