जाजरकोट भूकम्पका केही घाइतेलाई काठमाडौं ल्याइयो, टिचिङ अस्पतालमा उपचार

नेपालभ्युज

जाजरकोट भूकम्पका केही घाइतेलाई काठमाडौं ल्याइयो, टिचिङ अस्पतालमा उपचार

काठमाडौं । जाजरकोट केन्द्र बनाएर गएको भूकम्पमा परी घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

नेपाल प्रहरी र नेपाली सेनाको उद्धार टोलीले भूकम्पका कारण घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं ल्याएको हो ।

हवाइजहाजमार्फत केही घाइतेलाई काठमाडौं ल्याइएको र क्रमशः अरुलाई पनि ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

जाजरकोटबाट ल्याइएका घाइतेको काठमाडौं महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार सुरु भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved