स्वास्थ्यकर्मीको टोलीसहित भूकम्प प्रभावित क्षेत्र जाजरकोट जाँदै प्रधानमन्त्री

नेपालभ्युज

स्वास्थ्यकर्मीको टोलीसहित भूकम्प प्रभावित क्षेत्र जाजरकोट जाँदै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्र जाजरकोट जाँदैछन् ।

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्नेच्युडको भूकम्पबाट भएको मानवीय तथा अन्य क्षतिबारे बुझ्न र राहत दिन प्रधानमन्त्री प्रचण्ड आफैँ जाजरकोट जाने भएका हुन् ।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यकाअनुसार खोज, उद्धार र उपचार व्यवस्थाका लागि प्रधानमन्त्री प्रचण्ड त्यता जाने भएका हुन् ।

प्रधानमन्त्रीको साथमा स्वास्थ्यकर्मीको टोलीसहित हुनेछन् ।

अहिलेसम्म त्यहाँ कम्तीमा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अरु सयौं घाइते छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved