जाजरकोट केन्द्र बनाएर ६.४ म्याग्निच्यूटको भूकम्प, काठमाडौंसम्म कम्पन

नेपालभ्युज

जाजरकोट केन्द्र बनाएर ६.४ म्याग्निच्यूटको भूकम्प, काठमाडौंसम्म कम्पन

काठमाडौं । पश्चिम नेपालमा केन्द्र बनाएर ठूलो भूकम्प गएको छ । कर्णालीको जाजरकोट केन्द्र बनाएर ६.४ म्याग्निच्यूटको भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्र बनाएर भूकम्प गएको छ ।

भूकम्पले पश्चिम नेपाल, काठमाडौं उपत्यका र भारतका कतिपय स्थानमा समेत कम्पन पैदा गरेको थियो । भूकम्पबाट भएको क्षति अहिलेसम्म प्राप्त हुन सकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved