अक्टोबरमा अमेरिकी बेरोजगारी दरमा ३.९ प्रतिशतले बृद्धि

नेपालभ्युज

अक्टोबरमा अमेरिकी बेरोजगारी दरमा ३.९ प्रतिशतले बृद्धि

वासिङ्टन । अमेरिकी रोजगारदाताले अक्टोबरमा एक लाख ५० हजार रोजगारी थपेको र बेरोजगारी दर ३.९ प्रतिशतसम्म पुगेको अमेरिकी श्रम विभागले शुक्रबार जनाएको छ ।

स्वास्थ्य सेवा, सरकारी र सामाजिक सहायतामा रोजगारीको लाभ भएको छ, श्रम साङ्ख्यिकी विभागो (बीएलएस) ले भनेको छ, “कार निर्माण कम्पनीमा कामदारहरूको हडतालको कारण कार उत्पादन क्षेत्रका करिब ३५ हजार रोजगारी गुमेका छन् ।

अमेरिकी रोजगारदाताहरूले सेप्टेम्बरमा दुई लाख ९७ हजार रोजगारीहरू थपेका थिए । अगष्टमा पनि आर्थिक वृद्धि दर घटेपछि रोजगारी सङ्ख्या एक लाख ६५ हजारमा झरेको थियो ।

यी संशोधनहरूको साथ, अगस्त र सेप्टेम्बरमा संयुक्त रूपमा रोजगारी पहिले रिपोर्ट गरिएको भन्दा एक लाख एक हजार सङ्ख्या कम थियो । गत अप्रिलमा ३.४ प्रतिशतको न्यून विन्दुमा पुगेको बेरोजगारी दर ०.५ प्रतिशत बिन्दुले बढेको छ, जसले श्रम बजारको वृद्धिदर सुस्त भएको सङ्केत गर्छ ।

अमेरिकी फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले यसै साताको सुरुमा भनेका थिए, “श्रम बजार अझै कडा छ तर आपूर्ति र मागको अवस्था राम्रो सन्तुलनमा आउँछ ।”

पावेलले भने, “मुद्रास्फिति घटाउनका लागि सम्भावित वृद्धिदरभन्दा कम हुने र श्रम बजारको अवस्था नरम हुने सम्भावना छ ।

बीएलएसको प्रतिवेदनले श्रम शक्तिको सहभागिता दर ६२.७ प्रतिशत रहेको देखाएको छ, जुन सेप्टेम्बरको ६२.८ प्रतिशतको तुलनामा केही कम थियो र महामारी पूर्वको स्तर ६३.४ प्रतिशतभन्दा कम थियो ।”

अक्टोबरमा, निजी गैर–कृषि पेरोलमा सबै कर्मचारीहरूको लागि औसत प्रति घण्टा कमाई सात सेन्ट, वा ०.२ प्रतिशतले बढेर ३४ं अमेरिकी डलर पुगेको छ । पछिल्लो १२ महिनामा प्रतिघण्टा औसत आम्दानी ४.१ प्रतिशतले बढेको छ ।  एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved