जसपाको ललितपुर जिल्ला समिति पुनर्गठन, अध्यक्षमा महर्जन

नेपालभ्युज

जसपाको ललितपुर जिल्ला समिति पुनर्गठन, अध्यक्षमा महर्जन

ललितपुर । जनता समाजवादी पार्टी ललितपुरको जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले कर्म महर्जनलाई अध्यक्षमा सर्वसम्मतरुपमा चयन गरेको छ ।

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यालय बालकुमारीमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा किरणकुमार महर्जन र सुमन खड्का तथा सचिवमा सुरेन्द्र महर्जन, उपसचिवमा अस्वेन्दर् महर्जन र कोषाध्यक्षमा सविनकुमार महर्जन चयन भएका छन् ।

यसैगरी १६ सदस्य चयन गरिएको छ । कार्यक्रममा जसपा नेपालका केन्द्रीय कार्यसमिति सदस्य एवं बागमती प्रदेश इञ्चार्ज सुशीला श्रेष्ठ, केन्द्रीय समिति सदस्य भगवती सुवेदीलगायतको उपस्थिति थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved