नेप्सेमा गिरावट कायमै, कारोबार रकममा देखियो सुधार 

नेपालभ्युज

नेप्सेमा गिरावट कायमै, कारोबार रकममा देखियो सुधार 

काठमाडौँ । साताको कारोबारको चौथो दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । मंगलबार दोहोरो अंकले घटेको नेप्से आज पनि सामान्य घटेको हो ।

आज नेप्से परिसूचक ५ दशमलव ८३ अंकले घटेर १८५८ दशमलव ५६ विन्दुमा पुगेको छ ।

बुधबार २९६ कम्पनीको ७७ हजार ८ सय ७० पटकको कारोबारमा ३३ लाख ६४ हजार कित्ता सेयर किनबेच भएको छ । जसमा कारोबार रकम भने ८१ करोड २० लाख ८९ हजार रहेको छ ।

त्यस्तै, आज कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि सामान्य अंकले घटेको छ । ० दशमलव ८३ अंकले घटेको सेन्सेटिभ इन्डेक्स ३५९ दशमलव ९५ विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved