राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण आधार शिविरतर्फ प्रस्थान

नेपालभ्युज

राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण आधार शिविरतर्फ प्रस्थान

पोखरा। नेपालको औपचारिक भ्रमणका क्रममा पोखरा आइपुगेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविरतर्फ प्रस्थान गरेका छन् ।

सोमबार पोखरा आएका उनी मंगलबार बिहानै नेपाली सेनाको हेलिकोप्टरमार्फत अन्नपूर्ण आधार शिविर प्रस्थान गरेका हुन् ।

अन्नपूर्ण आधार शिविरमा पुगी उनले जलवायु परिवर्तनले हिमालय क्षेत्रमा परेका असर, हिमालको अवस्थालगायतका विषयमा स्थानीयसँग संवाद गर्ने जनाइएको छ ।

महासचिव गुटेरेसको स्वागतका लागि सम्पूर्ण तयारी पूरा भएको छोम्रोङ पर्यटन समितिका सचिव दिलीप गुरुङले जानकारी दिए ।

अन्नपूर्ण आधार शिविरमा विशेषगरी युरोप, अमेरिकाका साथै मलेसिया, चीन, कोरियालगायतका देशका नागरिक बढीमात्रामा आउने गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved