सप्तरीमा पोखरीको ठेक्का विवाद : नगरप्रमुख थुनिए, पत्रकार कुटिए

नेपालभ्युज

सप्तरीमा पोखरीको ठेक्का विवाद : नगरप्रमुख थुनिए, पत्रकार कुटिए

सप्तरी।  पोखरीको ठेक्काको विवादमा सप्तरीको डाकनेस्वरी नगरपालिकाका प्रमुख रामलखन मलाह बुधबार दिउँसोदेखि रातिसम्म आफ्नै कार्यालयमा घेराबन्दीमा परेका छन् ।

सोही प्रदर्शनको विषयमा स्थलगत रिपोर्टिङ पुगेका रेडियो नेपालका पत्रकार सञ्जीव विक्रम शाह माथि जनमत पार्टीका कार्यकर्ताले हातपात गरेका  छन्।

वडा नम्बर ६ को पोखरी ठेक्का सम्बन्धी विवादमा वडाबासी दिउँसो २ बजेदेखि रातिसम्म नगर प्रमुख मलाहलाई नगरपालिका बाहिर निस्कन दिएका थिएनन् ।

नगरपालिका अगाडि भेला भएका स्थानीय बासिन्दाहरु पालिका घेराउ गरेर टायर बाल्दै आन्दोलन सुरु गरेपछि अवस्था तनावपूर्ण बनेपछि सशस्त्र प्रहरीका डीएसपी र नेपाल प्रहरीका प्रहरी निरीक्षकको कमान्डमा तीन दर्जन संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

हाम्रो विरुद्ध किन समाचार लेखेको भन्दै रिपोर्टिङको क्रममा फिल्डमा रहेको पत्रकारलाई थर्काउँदै जनमत पार्टीका अमरेन्द्र यादव र अनिल यादव पत्रकार साहमाथि हूलहुज्जत गर्दै एकाएक हातपात गरेको डाक्नेश्वरी नगरपालिकाका नगरप्रमुख राम लखन मलाहले बताए ।

सप्तरीमा कहिले कार्यालयहरुमा चन्दाको बाहना डिभिजन प्रमुख माथि दुर्व्यवहार त कहिले सीमामा लागुऔषध ओसारपसारमा संलग्न रहँदै आएको जनमत पार्टीका कार्यकर्ताहरु दिनानुदिन अराजक बन्दै गएको नेपाली कांग्रेस सप्तरीका सचिव सनत मण्डल बताउँछन् ।

सप्तरी क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभा सदस्य जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउत बुधबार सप्तरीमै रहँदा उनका कार्यकर्ताहरुले पत्रकारमाथि हातपात गर्नु अराजकता मात्रै नभई जनमत पार्टीले जिल्लामा अपराध र अराजकता फैलाउने संकेत देखिएको सप्तरी प्रहरी प्रमुख गज्जु सिद्धी बज्राचार्यले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved