नेप्से ५.१६ अंकले बढ्दा अझै बढेन कारोबार रकम

नेपालभ्युज

नेप्से ५.१६ अंकले बढ्दा अझै बढेन कारोबार रकम

काठमाडौं। साताको चौथो दिन बुधबार सेयर बजार परिसूचक नेप्सेमा ५.१६ अंकले बढेको छ । नेप्से सूचक ५.१६ अंकले बढ्दै १८ सय ९४.७६ अंकमा उक्लिएको हो । चौथो दिन नेप्सेमा सामान्य सुधार आए पनि अझै कारोबारमा भने सुधार आउन सकेको छैन ।

नेपाल स्टक एक्सचेन्जका अनुसार ५ अंकले नेप्से सूचक बढेको यस दिन जम्मा १ अर्ब ८ करोड ८५ लाख रुपैयाँ बराबरको ३७ लाख ३३ हजार कित्ता सेयर  किनबेच भएको छ ।

आज म्युचुअल फन्ड, निर्जीवन बिमा र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक हुँदा बाँकी अरु समूहको उपसूचक धनात्मक भएका छन् ।

बुधबार सिटी होटेलका लगानीकर्ताहरूले १० प्रतिशतले कमाएका छन् भने माण्डु हाइड्रोपावर लिमिटेड, हाथ्वे इन्भेस्टमेन्ट नेपाल लिमिटेड सगरमाथा लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरूको सेयर ९ प्रतिशत माथिले बढेको छ ।

यता सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताहरूको भने आज ४.२१ प्रतिशतले घटेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved