एकीकृत समाजवादीप्रति जनताको भरोसा बढ्दै गएको छ : अध्यक्ष नेपाल

नेपालभ्युज

एकीकृत समाजवादीप्रति जनताको भरोसा बढ्दै गएको छ : अध्यक्ष नेपाल

दाङ। नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालले समाजवादी पार्टी प्रति जनताको भरोसा बढ्दै गएको दाबी गरेका छन् ।

एकीकृत समाजवादीको ‘मेची–महाकाली जागरण अभियान’ अन्तर्गत बुधबार दाङको घोराहीमा भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीले अघि सारेका नीति र कार्यक्रमका बारेमा जनताले बुझ्दै गएकाले पार्टीमा जनताको भरोसा बढ्दै गएको दाबी गरे । जनताका कुरा सुन्न र उनीहरूको भरोसालाई अझ बलियो बनाउन कोशे ढुङ्गा सावित हुने पनि उनको विश्वास थियो । “अभियानले जनताका कुरा सुन्ने र पार्टीलाई जनतासँग जोड्न भूमिका खेल्नेछ”, उनले भने ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले देशको हालको स्थिति र आगामी दिनमा पार्टीले लिने कार्यदिशाका बारेमा जनतालाई बुझाउँदै समाजवादी पार्टी निर्माणको अभियानमा जोडिन सबैलाई आग्रहसमेत गरे। अब नेपालमा समाजवादी कम्युनिष्ट भन्दा अरुको विकल्प नभएको भन्दै पार्टीलाई जिल्ला–जिल्ला, नगर–गाउँ–गाउँसम्म पु¥याउने अभियानको लक्ष्य रहेको बताए ।

यसैगरी, उनले मेचीदेखि महाकालीसम्मका जनतालाई आफ्नो पार्टीसँग जोड्न मेची–महाकाली समाजवादी जागरण अभियानको थालनी गरिएको पनि बताए । सभालाई सम्वोधन गर्दै अध्यक्ष नेपालले जनतासँग नजोडिएर देशको विकास गर्न नसकिने बताए

कार्यक्रममा नेकपा समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशको विकासका लागि कृषि क्षेत्रको विकास हुन आवश्यक रहेको बताए । उनले देशमा कृषि क्रान्ति गर्न र युवालाई देश रोक्ने वातावरण निर्माण गर्न किसानलाई सहकारीका माध्यमबाट संगठित गर्दै कृषिको विकासमा लगाउन आवश्यक रहेको उल्लेख गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved