नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो

नेपालभ्युज

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो

काठमाडौँ । साताको कारोबारको दोस्रो दिन नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १२ दशमलव ५८ अंकले गिरावट आएर १९०८ दशमलव ६६ विन्दुमा पुगेको हो ।

सोमबार २८७ कम्पनीको ४८ हजार ४ सय ४४ पटकको कारोबारमा ४३ लाख २७ हजार एक सय ७९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १ अर्ब १७ करोड एक लाख ७२ हजार रहेको छ ।

त्यस्तै, आज कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ७७ प्रतिशतले घटेर ३६४ दशमलव ७४ विन्दुमा पुगेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved