मन्त्री ज्वाला भन्छन्- तत्काल सार्वजनिक यातायातको भाडा बढाउन सकिँदैन

नेपालभ्युज

मन्त्री ज्वाला भन्छन्- तत्काल सार्वजनिक यातायातको भाडा बढाउन सकिँदैन

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मुख्य चाडपर्वको मुखमा आएर सार्वजनिक यातायातको भाडा बढाउन नसकिने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा मन्त्रालयको तर्फबाट चाडपर्व विशेष सार्वजनिक यातायात, सडक सुरक्षा र पूर्वतयारीको जानकारी दिँदै उनले यस्तो बताएका हुन् ।

दशैं तिहारका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला गर्नुपर्ने भए पनि यातायात व्यवसायीहरू भाडा बढाउन लागिपरेको बताउँदै मन्त्री ज्वालाले मुख्य चाडपर्वको मुखमा भाडा बढाउन नसकिने प्रष्ट पारे ।

दसैँ तिहार छठ जस्ता मुख्य चाडपर्वमा गाउँ जाने, घर जाने सर्वसाधारणका लागि कसरी सुरक्षित र भरपर्दो यात्रा गराउने भन्नेमा सरकार गम्भीर भएर लागेको बताउँदै उनले सडक सुरक्षालाई नै लिएर मन्त्रालयले दसैँ अघि नै मुख्य मुख्य राजमार्गहरू मर्मत कार्य अघि बढाएको बताए ।

उनले भने, ‘सहज यात्राका लागि दशैं तिहारको अग्रिम टिकट बुकिङका लागि समेत मन्त्रालयले यातायात व्यवस्था विभागसँगको समन्वयमा यातायात व्यवसायीहरूसँग नियमित बैठक, तयारी गरिरहेको छ । तर, यातायात व्यवसायीहरूले भने भाडा वृद्धि गर्नुपर्ने माग राखिरहेको आफूले चाडपर्वको मुखमा भाडा वृद्धि गरेर सर्वसाधारण उपभोक्तालाई मारमा पार्न सकिँदैन । यसले राम्रो म्यासेज पनि जाँदैन ।’

दसैँ तिहारकै लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला गर्न यातायात व्यवसायीसँग विभागले समन्वय गरिरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved