नेप्सेमा सामान्य सुधार, कारोबार रकम १ अर्ब ७३ करोड 

नेपालभ्युज

नेप्सेमा सामान्य सुधार, कारोबार रकम १ अर्ब ७३ करोड 
प्रतीकात्मक तस्वीर

काठमाडौं। साताको दोस्रो कारोबारको दिन आज नेप्सेमा केही सुधार देखिएको छ । हिजो आइतबार घटेर बन्द भएको सेयर बजारमा सोमबार भने केही सुधार देखिएको हो । आज नेप्से परिसूचक ५ दशमलव १९ अंकले बढेर १९७६ दशमलव २९ विन्दुमा पुगेको छ ।

सोमबार २८६ स्टकको ८५ हजार ५ सय ९१ पटकको कारोबारमा ५७ लाख ७६ हजार ८ सय ९६ सेयर खरिद बिक्री भएको छ । भने, १ अर्ब ७३ करोड ७३ लाख १४ हजारको कारोबार भएको छ ।

आज कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ६६ अंकले बढेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved