एमाले बागमती प्रदेश अधिवेशन: आज मनोनयन, भोलि मतदान

नेपालभ्युज

एमाले बागमती प्रदेश अधिवेशन: आज मनोनयन, भोलि मतदान

काठमाडौं। नेकपा एमाले बाग्मती प्रदेश अधिवेशनको चुनावी प्रकृया आज बुधबारदेखि शुरु हुँदैछ ।

बाग्मती प्रदेश अध्यक्षका लागि केशव पाण्डे, कैलाश ढुंगेल, कृष्ण दाहाल, सानु श्रेष्ठ, रचना खड्का, कृष्णभक्त पोखरेललगायतले दाबी गरेका छन् ।

चुनावी कार्यक्रम आज बिहान ८ बजेदेखि च्यासलमा शुरु हुँदैछ । बिहान ९ बजे अन्तिम मतदाता नामावली प्रकाशन, ९ देखि ११ बजे उम्मेदवारी मनोनयन, ४ बजे उम्मेदवारी फिर्ता, बेलुका ५ बजे अन्तिम उम्मेदवारी प्रकाशन हुने छ । त्यस्तै, बेलुका ६ बजे उम्मेदवारको नाम विद्युतीय मेशिनमा राखिनेछ । मतदान भोली विहीबार हुनेछ ।

प्रतिनिधिले विद्युतीय मेसिनबाट मतदान गर्ने छन् । जसमा एक पटकमा ४४ जनाले मतदान गर्नसक्ने एमालेले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved