जनआक्रोशले पार्टीको विकल्प खोज्दैछ : अर्जुननरसिंह केसी

नेपालभ्युज

जनआक्रोशले पार्टीको विकल्प खोज्दैछ : अर्जुननरसिंह केसी

काठमाडौैं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जनतामा चरम निराशा र असन्तुष्टि  देखिएको बताएका छन्। सोमबार केन्द्रीय समिति बैठकमा बोल्दै केसीले समाजमा व्यापक निराशा र असन्तुष्टि देखिएको बताएका हुन् ।

‘जनतामा नयाँ आशा, विश्वास र भरोसाको प्रत्याभूति दिने वातावरण निर्माण गरिनुपर्नेमा किन हाम्रो समाजमा व्यापक निराशा र असन्तुष्टि छ, बेथिति, अव्यवस्था, विधिविहीनता र भ्रष्टाचार मौलाइरहेको छ ? ’ उनले प्रश्न गरे।

‘पार्टी कब्जाको होडमा हामी छौँ, सभापति पनि आफ्नो ढंगबाट लाग्नुभएको होला। हामी पनि लागेका छौं तर जनता अर्कैले कब्जा गरिसकेका छन्। जनता पार्टीबाट टाढा-टाढा हुँदैछन्। जनताको खाँचो, पार्टीहरूले जनतामा बाँडेको आश्वासन र सो अनुरूप नभएको अवस्थाले ल्याएको फरक को खाली ठाउँमा आमअसन्तुष्टि र निराशा मात्र होइन जनआक्रोशले विकल्पको बाटो खोज्दैछ,’ उनले भने।

मुलुकमा लगानी, उत्पादन, निर्यात, रोजगारी आर्थिक विकासको अवस्था परिसूचक र तथ्याङ्कले छर्लङ्गै बताइसकेको बताउँदै  उनले बेथिति, अव्यवस्था, विधिविहीनता र भ्रष्टाचार रोक्न तत्काल सबै एकजुट हुनुपर्ने उनले बताए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved