जवानले ‘सुखी’लाई बनायो दुःखी

नेपालभ्युज

जवानले ‘सुखी’लाई बनायो दुःखी

एजेन्सी । अभिनेत्री शिल्पा शेट्टीको फिल्म ‘सुखी’ २२ सेप्टेम्बरमा सिनेमाघरमा रिलीज भएको छ । २० करोडको लागतमा बनेको यस फिल्मले रिलीज भएको पहिलो दिन जम्मा ५० लाख भारतीय रुपैयाँ कमाई गरेको छ ।

अब यो फिल्मले शनिबार र आइतबार कस्तो कमाई गर्छ हेर्न बाँकी छ । फिल्ममा एउटी गृहणीको कथा छ, जो आफ्नो स्कूलको रियूनियन पार्टीमा जान्छिन् ।

‘सुखी’ फिल्मको निर्देशन बलिउडकी चर्चित निर्देशक सोनल जोशीले गरेकी छन् । फिल्ममा शिल्पा शेट्टीबाहेक चैतन्य चौधरी, कुशा कपिला, दिलनाज ईरानी, पवलीन गुजराल मुख्य भूमिकामा छन् ।

अहिले पनि भारतभरिका सिनेमाहलमा फिल्म जवानकै चर्चा छ । यस्तो स्थितिमा अन्य फिल्म रिलिज हुनु भनेको पछारिनु नै हो । सुखीलाई पनि जवानले दु:खी बनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved