विद्यालय बन्द नगर्न शिक्षकलाई गगनको आग्रह, संसदबाट विधेयक सच्याउने प्रतिबद्धता

नेपालभ्युज

विद्यालय बन्द नगर्न शिक्षकलाई गगनको आग्रह, संसदबाट विधेयक सच्याउने प्रतिबद्धता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदबाट शिक्षा विधेयक सच्याउने भन्दै आन्दोलनरत शिक्षकलाई विद्यालय बन्द नगर्न आग्रह गरेका छन् ।

संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका शिक्षकलाई महामन्त्री थापाले यस्तो आग्रह गरेका हुन् ।

‘संसदमा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो । हामी सबैसँग घनिभूत छलफल र संवाद गर्नेछौं’, उनले भनेका छन्, ‘आन्दोलनरत शिक्षक, स्थानीय सरकारलगायत सरोकारवाला र चिन्तित अभिभावक एवं विद्यार्थी सबैका जायज माग र चिन्ताको संवोधन गर्ने कुरामा प्रतिबद्ध छौं ।’

सांसदको भूमिका एवं विवेकमाथि विश्वास गरेर रचनात्मक ढङ्गले समाधानको खोजीका लागि मद्दत गर्न र विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघ लगायत सबै पक्षमा आग्रह गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved