रातको समयमा नुहाउँदा हुन सक्छ यस्तो नोक्सान

नेपालभ्युज

रातको समयमा नुहाउँदा हुन सक्छ यस्तो नोक्सान

एजेन्सी । नुहाउनु तथा शरीरलाई हरेक प्रकारले स्वच्छ राख्नु स्वास्थ्यका लागि एकदमै फाइदाजनक कुरा हो । तर कतिपय अवस्थामा रातमा नुहाउँदा शरीरलाई हानी पनि हुन सक्छ । आउनुहोस् जानौं रातमा नुहाउँदा हुन सक्ने केही नोक्सानका बारेमा–

  • रातमा नुहाउँदा छालाको गर्मी तथा आलस्यता कम हुन्छ जसले गर्दा शरीर फूर्तिलो महसुस भएर निद्रा नआउने समस्या पनि हुन सक्छ ।
  • रातमा पानी चिसो हुन्छ र यदी चिसो पानीले नुहाउने गरेमा छाला सुख्खा हुने तथा चिलाउने समस्या हुन सक्छ ।
  • रातको समयमा धेरै चिसो पानी तथा स्याम्पुको प्रयोगले कपालको प्राकृतिक नमी कम हुन सक्छ जसले गर्दा कपाल रुखो, सुख्खा तथा सेतो हुन थाल्छन् ।
  • केही व्यक्तिहरुको छाला एकदमै संवेदनशील हुन्छ र रातमा नुहाउँदा छालामा इरिटेशन हुन सक्छ । छाला चिलाउने वा पोल्ने जस्तो समस्या छ भने रातमा नुहाउनु हुँदैन ।
  • रातमा धेरैजसो व्यक्ति नुहाउनका लागि तातो पानी प्रयोग गर्छन् । धेरै तातो पानीले नुहाउँदा पनि कपाल तथा छालामा हानी पुग्न सक्छ । धेरै तातो पानी प्रयोग गर्दा शरीरको तापक्रम गडबड हुन्छ जसले गर्दा विभिन्न समस्याहरु उत्पन्न हुन सक्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved