धनगढीबाट सुदूरपश्चिमको राजधानी सार्ने कुरा स्वीकार्य हुँदैन: लेखराज भट्ट

नेपालभ्युज

धनगढीबाट सुदूरपश्चिमको राजधानी सार्ने कुरा स्वीकार्य हुँदैन: लेखराज भट्ट

धनगढी। नेकपा (एमाले) का केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले सुदूरपश्चिम प्रदेशको राजधानी सार्ने कुरा स्वीकार्य नहुने बताएका छन् ।

प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजधानी सार्न सकिने भन्दै दिएको अभिव्यक्तिमाथि टिप्पणी गर्दै उनले राजधानी सार्ने कुरा जनता विरोधी भएकाले स्वीकार्य नहुने बताएका हुन् ।

‘मुख्यमन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले दुई तिहाइ बहुमतले पारित गरेको गोदावरीमा प्रदेशको राजधानी बनाउने कुराको विकल्प खोज्ने कुरा कसरी भन्नुभयो । यो अचम्मको र गैर जिम्मेवार पनि छ।’ नेता भट्टले भने ।

त्यो बेलाको प्रदेश सरकारले पनि विशेष चासो दिएर राजधानी निर्माणका लागि जुन पहल गर्नुपर्ने थियो त्यो नगरेको र अहिले राजधानी सार्ने कुरा बिल्कुल गलत भएको उनको भनाई छ ।

उनले अहिलेको सरकार र संसद् अघिल्लो सरकारकै निरन्तरता भएकाले यसअघि भएका निर्णयको अपनत्व लिएर अघि बढ्नुपर्ने पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved