बिग बोसको नाममा एक्स्ट्रा ‘जी’ थप्ने सिकन्दर घरमा देखिएलान ?

नेपालभ्युज

बिग बोसको नाममा एक्स्ट्रा ‘जी’ थप्ने सिकन्दर घरमा देखिएलान ?

एजेन्सी । बलिउडमा बिग बोस १७ को तयारी धुमधामसँग चलिरहेको छ । हरेक दिन कार्यक्रम सम्बन्धी नयाँ नयाँ जानकारी बाहिर आइरहेको छ । नयाँ रिपोर्टअनुसार अभिनेता, निर्देशक तथा निर्माता सन्दीप सिकन्दर अब बिग बोस १७ मा देखिन सक्छन् ।

खबरअनुसार अघिल्लो वर्ष पनि अन्य निर्माताले सन्दीपलाई कार्यक्रममा आउन अफर दिएका थिए तर विषय अगाडि बढ्न सकेन । यस वर्ष पनि बिग बोस १७ का लागि निर्माताले सन्दीपलाई आग्रह गरेका छन् ।

यदि, सबै कुरा ठीक भयो भने सन्दीप बिग बोस १७ मा घरका सदस्यलाई परीक्षा लिँदै गरेको देखिन सक्छन् । के तपाईंलाई थाहा छ सन्दीपको नाता बिग बोससँग एकदमै पुरानो हो । उनले बिग बोसको पहिलो सिजनको समयमा उक्त च्यानलसँग काम गरिरहेका थिए ।

सन्दीप शो मा कैयौंपटक एक प्यानलिस्टका रूपमा पनि देखिइसकेका छन् । अघिल्लो वर्ष पनि उनले शालीन र टिनालाई एकदमै गाली गरेका थिए । यस्तो पनि मानिन्छ, सन्दीपले नै बिग बोसलाई BIG मा अर्को G थपेर BIGG BOSS बनाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved