यी किताब, जसबाट बलिउडका फिल्म बने

नेपालभ्युज

यी किताब, जसबाट बलिउडका फिल्म बने

एजेन्सी । बलिउडमा थुप्रै यस्ता फिल्म बनेका छन् जुन फिल्महरू कुनै न कुनै साहित्यकारका कृतिहरूबाट बनेका छन् । आउनुहोस् केही साहित्यिक कृतिबाट बनेका फिल्मबारे चर्चा गरौं ।

– बलिउड अभिनेता शाहिद कपुरको फिल्म ‘हैदर’ सेक्सपियरको उपन्यास ‘हैमलेट’ मा आधारित रहेर बनेको फिल्म हो ।

– दिवंगत देवानन्दको फिल्म ‘गाइड’ चर्चित उपन्यास ‘द गाइड’ मा आधारित थियो ।

– शाहरुख खान, माधुरी दीक्षित र ऐश्वर्या रायको सर्वोत्कृष्ट फिल्म ‘देवदास’ शरतचन्द चटोपध्यायको उपन्यास ‘देवदास’ को कथा थियो ।

– फिल्म ‘तेरे मेरे सपने’ को कथा एजे कुरियनको किताब ‘द सिटाडेल’ बाट लिइएको थियो ।

– ‘३ इडियट्स’ चेतन भगतको नोबेल ‘फाइभ पोइन्ट समवन’ मा आधारित छ ।

– फिल्म ‘ओमकारा’ को कथा सेक्सपियरको उपन्यास ‘ओथेलो’ बाट लिइएको थियो ।

– अर्जुन कपुरको फिल्म ‘२ स्टेट्स’ पनि चेतन भगतको किताबमा आधारित फिल्म हो ।

– फिल्म ‘आयशा’ आस्टेनको उपन्यास ‘एम्मा’ मा आधारित छ ।

– सञ्जय लीला भन्सालीको फिल्म ‘सावरिया’ को कथा छोटो कथा ‘वाइट नाइट्स’ बाट लिइएको थियो ।

– दिवंगत अभिनेता इरफान खानको फिल्म ‘मकबुल’ उपन्यास ‘मैकबेथ’ मा आधारित थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved