डाक्टर कुट्ने दुई जनाविरुद्ध किटानी जाहेरी

नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष अनुपविक्रम कार्कीले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका हुन् ।

नेपालभ्युज

डाक्टर कुट्ने दुई जनाविरुद्ध किटानी जाहेरी

काठमाडौं । हेटौंडामा चिकित्सक कुटेका दुई जनाविरुद्ध किटानी जोहरी परेको छ ।

मृतककै परिवारका सदस्यद्वय अनुप प्रधान र रोहित प्रधानविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किटानी जाहेरी दर्ता भएको हो ।

नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष अनुपविक्रम कार्कीले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका हुन् ।

डाक्टर कुटपिट प्रकरणले हेटौंडासँगै मकवानपुरको स्वास्थ्य सेवा प्रभावित भएको छ । कुटपिटको विरोधमा मकवानपुरका स्वास्थ्य संस्थामा शुक्रबार आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प भएका छन् भने हेटौंडा अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

भदौ २७ गते हेटौंडास्थित सञ्चो अस्पतालका डाक्टरहरू विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट भएको थियो । डाक्टरहरू गम्भीर घाइते भए पनि दोषीमाथि कानुनी कारबाही नभएको भन्दै चिकित्सकहरूले विरोध गरेका हुन्।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारको क्रममा मृत्यु भएको भन्दै चिकित्सकमाथि कुटपिट गर्ने चार जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved