करीना भन्छिन्-जुन दिन फिल्ममा उत्सुकता कम हुन्छ मैले सन्यास लिन्छु

नेपालभ्युज

करीना भन्छिन्-जुन दिन फिल्ममा उत्सुकता कम हुन्छ मैले सन्यास लिन्छु

एजेन्सी । करीना कपूर खान ती अभिनेत्री हुन्, जसले आफ्नो सुन्दरतासँगै दमदार अभिनयबाट बलिउडमा छुट्टै स्थान बनाएकी छन् ।

विवाह र आमा बनेपछि पनि करीना फिल्ममा क्रियाशील छन् । तर, अब करीनाका प्रसशंकलाई धक्का लाग्न सक्छ किनकी अभिनेत्रीले आफ्नो एक नयाँ अन्तरवार्तामा भनेकी छन् उनले अभिनयलाई अलविदा भन्न सक्छिन् ।

करीनाले अन्तरवार्ताको क्रममा १९ वर्षको उमेरमा फिल्ममा डेब्यू गरेको बताइन् । उनले समयसँगै आफूलाई निखार्दै पनि लगिन् । उनको भनाई छ, “ अहिले पनि म उत्सुक नै छु तर म मा त्यो उत्सुकता जब रहँदैन त्यतिबेला सायद सन्यास लिनु पर्छ ।”

उनले थपेकी छन्, “मलाई यो पनि थाहा छ, जतिबेला यो उत्साह रहँदैन्, तब मैले काम गर्ने छैन, किनकी म यस्तै खाली मानिस हुँ ।” करीनाका अनुसार कुनै पनि दिन उनको कामप्रतिको जोश तथा उत्साह टुट्ने छ वा रहँदैन त्यस दिन उनले सन्यास लिनेछिन् ।

सोही क्रममा करीनासँग तपाईं कहिले रिटायरमेन्ट लिन चाहनुहुन्छ भनेर सोधियो । त्यसमा उनको जवाफ थियो, “सायद ८३ वर्ष वा ९३ वर्ष हुँदा, अहिले मलाई थाहा छैन । अहिले म मात्र काम गरिरहन चाहन्छु । आफ्नो कामसँगै अगाडि बढ्न चाहन्छु ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved