‘जवान’को ओटीटी राइट्स मूल्य सुनेर धेरैको होस् उड्नेछ

नेपालभ्युज

‘जवान’को ओटीटी राइट्स मूल्य सुनेर धेरैको होस् उड्नेछ

एजेन्सी । शाहरुख खानको फिल्म ‘जवान’ अहिले हाउसफूलका साथ चलिरहेको छ । रिलीज भएको दिनदेखि नै यसले कुनै न कुनै रेकर्ड कायम गरिरहेको छ । यसैबीच ‘जवान’ को ओटीटी राइट्सको सम्झौता भएको खबर आएको छ । जसको मूल्य सुनेर धेरैको होस उड्नेछ ।

थियटर्समा ‘जवान’ लाग्नुअघि नै स्क्रीनमा नेटफ्लिक्सको नाम आउँछ । यसबाट यो कुरा त स्पष्ट भएको छ कि जवान जहिले पनि ओटीटी प्लेटफर्ममा आउनेछ त्यतिबेला नेटफ्लिक्समै आउनेछ । जवानको रिलीज अघि नै यसको ओटीटीको अधिकार फाइनल भइसकेको थियो ।

प्रेस जर्नलका अनुसार जवानको ओटीटी अधिकार दिँदा निर्माताले मोटो रकम असुल गरेका छन् । जवानका निर्माताले नेटफ्लिक्सलाई भारतीय रुपैयाँ २ अर्ब ५० करोडमा बिक्री गरेका छन् । तर जवानका निर्माताको तर्फबाट भने यसको पुष्टी गरिसकिएको छैन ।

जवानको बक्स अफिसको कुरा गर्ने हो भने रिलीज भएको ६ दिनमै यसले ३५० करोड भन्दा माथि कमाइसकेको छ । यसको विश्वव्यापी कलेक्सन ६०० करोड भन्दा माथि छ । यो रफ्तार अझै कम भने भएको छैन । विकेन्डमा यसको कमाई अझै बढ्ने निश्चित छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved