बलिउडका सबैभन्दा महंगा ‘सम्बन्धविच्छेद’

नेपालभ्युज

बलिउडका सबैभन्दा महंगा ‘सम्बन्धविच्छेद’

एजेन्सी । सम्बन्धमा दरार आउन थालेपछि त्यस्तो सम्बन्धलाई एउटा मौका दिएर पनि सुधार गर्न सकिन्छ । यदी सुधार हुँदैन भने त्यस्तो सम्बन्धलाई टुंग्याउनु नै बुद्धिमानी हुन्छ ।

तर सम्बन्धविच्छेद गर्न त्यति सजिलो कहाँ हुन्छ र । यसका लागि कुनै एक जनाले भारी रकम चुकाउनु पर्ने पनि हुन्छ । त्यस्तै केही बलिउडका सम्बन्धविच्छेद छन् जसलाई एकदमै महंगो सम्बन्धविच्छेदको रुपमा लिइन्छ ।

बलिउड अभिनेता ऋतिक रोशनले २० वर्ष पुरानो सम्बन्धलाई अन्त्य गरेका थिए । जसमा उनले श्रीमती सुजैन खानसँग छुट्टिएपछि एलीमनीको रुपमा ३८० करोड भारतीय रुपैंया दिएका थिए । त्यसो त श्रीमतीको माग भने ४०० करोड थियो ।

फरहान अख्तरले श्रीमती अधुनासँग छुट्एिपछि उनलाई बैंडस्टेड स्थित घर तथा हरेक महिना छोरीको देखभालका लागि मोटो रकम दिने गर्छन् ।

त्यस्तै सैफ अली खानले एक अन्तरवार्ताका क्रममा भनेका थिए कि अमृतासँग सम्बन्धविच्छेद गर्दा पाँच करोड रुपैंया एलिमनी दिएका थिए साथमा उनले हरेक महिना अमृतालाई एक लाख रुपैंया पनि दिने गर्छन् ।

त्यस्तै संजय दत्तले आफ्नी पहिलो श्रीमती रिया पिल्लईलाई ४ करोड रुपैंया सँगै महंगो कार पनि दिएका थिए । अर्का अभिनेता आमिर खानले पहिलो श्रीमती रीना दत्तालाई ५० करोड दिएका थिए ।

बलिउडका चर्चित फिल्म निर्माता आदित्य चोपडा र पायलको पनि सम्बन्धविच्छेद एकदमै महंगो थियो । सम्बन्धविच्छेद पछि पायललाई आदित्यले ५० करोड रुपैंया दिएका थिए ।

अर्की अभिनेत्री करिश्मा कपूरलाई सम्बन्ध विच्छेदपछि व्यापारी संजयले हरेक महिना १० लाख रुपैंया दिने गर्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved