रेखा समेत विभिन्न अभिनेत्रीसँग जोडिइसकेको छ अक्षय कुमारको नाम

नेपालभ्युज

रेखा समेत विभिन्न अभिनेत्रीसँग जोडिइसकेको छ अक्षय कुमारको नाम

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार अहिले आफ्नो ५६औं जन्मदिन मनाइरहेका छन् । यस अवसरमा उनलाई विभिन्न कलाकार तथा आफन्ती शुभचिन्तकहरुले जन्मदिनको शुभकामना पनि दिइरहेका थिए ।

अक्षय कुमारले आफ्नो करिअरको शुरुआत सन् १९९१ मा आएको फिल्म ‘सौगन्ध’ बाट गरेका थिए । त्यसपछि उनले आफ्नो फिल्मी करिअरमा थुप्रै सुपरहिट फिल्म दिए ।

उनी जति नै आफ्नो व्यवसायिक जीवनबाट चर्चामा हुन्थे त्यति नै व्यक्तिगत जीवन पनि उनको चर्चाको विषय बनिरहन्थ्यो । यही मौकामा आज जानौं उनको पे्रम सम्बन्धको चर्चा चलेका अभिनेत्रीका बारेमा जोसँग उनको पे्रम सफल हुन सकेन ।

पूजा बत्रा

फिल्ममा आउनुअघि अक्षय कुमारले अभिनेत्री पूजा बत्रालाई आफ्नो मन सुम्पिएका थिए । त्यो समयमा पूजा एक प्रसिद्ध मोडेल थिइन्, तर बलिउडमा प्रवेश गरेपछि दुबैको बाटो फरक फरक भयो ।

रवीना टन्डन

९० को दशकमा अभिनेता अक्षय कुमार र रवीना टन्डनले कैयौं फिल्ममा सँगै काम गरे । यसक्रममा दुबै एकअर्काको नजिक भए । त्यतिबेला रवीना टन्डन र अक्षयले सुटुक्क जनैसुपारी गरेको पनि हल्ला चलेको थियो । पछि रेखाको कारणले दुबैबीच सम्बन्ध बिग्रियो ।

रेखा

फिल्म ‘खेलाडियों का खिलाडी’ का क्रममा अक्षय कुमारले रेखालाई आफ्नो मन दिएका थिए । यस्तो पनि सुनिन्छ कि रेखाले सेटमा अक्षय कुमारका लागि खाना पनि लिएर जान्थिन् । यस्तो कुरा रवीनालाई पटक्कै मन परेको थिएन ।

शिल्पा शेट्टी

रवीना टन्डनसँग बे्रकअप भएपछि अभिनेता अक्षय कुमारको नाम शिल्पा शेट्टीसँग जोडिएको थियो । तर पछि गएर ट्वींकल खन्नाको कारणले अक्षय कुमार र शिल्पाबीचको सम्बन्ध पनि बिग्रिएको थियो ।

ट्वींकल खन्ना

शिल्पा शेट्टीसँगको बे्रकअपपछि अभिनेताले ट्वींकल खन्नासँग विवाह गरे । अब उनीहरुका दुई बच्चा पनि छन् । अक्षय कुमारले सन् २००१ मा ट्वींकल खन्नासँग विवाह गरेका थिए । विवाहपछि पनि उनको नाम अन्य अभिनेत्रीसँग जोडिएको थियो ।

प्रियंका चोपडा

तपाईंले सुन्दा अचम्म मान्नुहोला अक्षय कुमारको नाम अभिनेत्री प्रियंका चोपडासँग पनि जोडिइसकेको छ । दुबैको अफेयरको खबरले एकदमै चर्चा समेत पाएको थियो । रिपोर्टरका अनुसार अफेयरको खबर आएपछि ट्वींकल खन्नाले अक्षयलाई प्रियंकासँग काम गर्न मनाही समेत गरेकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved