स्कुलबाट फर्किएलगतै सृष्टिले पासो लगाइन्, पक्राउ परे प्रिन्सिपल र सञ्चालक

सृष्टि र प्रिन्सिपलकी भतिजी सँगै पढ्थे। आफ्नी भतिजीलाई घुमाउन लगेर बिगार्न खोजेको आरोप लगाउँदै प्रिन्सिपलले सृष्टिलाई कक्षा कोठामा कुटेका थिए। त्यसअघि पनि विद्यालय प्राङ्गणमा कुटपिट गरेका थिए। सृष्टिले त्यो सहन नसकेर आत्महत्या गरेको परिवारको भनाइ छ।

नेपालभ्युज

स्कुलबाट फर्किएलगतै सृष्टिले पासो लगाइन्, पक्राउ परे प्रिन्सिपल र सञ्चालक

काठमाडौं। रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ पुरानो बजारमा रहेको भ्याली पब्लिक बोर्डिङमा ८ कक्षामा अध्ययनरत थिइन्, १३ वर्षीया सृष्टि गौतम।

उनको पढाइ राम्रो चलिरहेको थियो। घरमा पनि राम्रो वातावरण थियो। पछिल्ला दिनमा स्कुलको गतिविधिलाई लिएर तनावमा रहेको देखिन्थिन्।

घर परिवारले कारण सोध्दा केही बताइनन्। उनी शुक्रबार (२२ भदौमा ) स्कुलबाट फर्किइन्। हाफ छुट्टीको समय भएकाले समयमै तीन बजे आएकी थिइन्। घर, आएलगतै विद्यालय ड्रेसमै पासो लगाएर आत्महत्या गरिन्।

खाने खेल्ने उमेर १३ वर्षकी किशोरी, न कुनै चिन्ता न तनाव नै। उनको आत्महत्याको कारणको आशंका गर्न परिवारलाई कुनै समस्या परेन। विद्यालयकै कारण हुनसक्ने अनुमान गरे।

मृतक सृष्टिको परिवारले आत्महत्या दुरुत्साहन मुद्दामा प्रिन्सिपल पुष्पा लामिछाने शाह र सञ्चालक युडेन भोटिया भण्डारीविरुद्ध आइतबार उजुरी दिए।

उजुरीपछि छात्राको आत्महत्याको घटनामा प्रिन्सिपल र सञ्चालक पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताए।

विद्यालयमा प्रिन्सिपल शाह र सञ्चालक भण्डारीसहितले छोरीमाथि कुटपिट गरेको भन्दै अभिभावकले उजुरी दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सृष्टि र प्रिन्सिपलकी भतिजीसँगै पढ्थे। आफ्नी भतिजीलाई घुमाउन लगेर बिगार्न खोजेको आरोप लगाउँदै प्रिन्सिपलले सृष्टिलाई कक्षा कोठामा कुटेका थिए। त्यसअघि, विद्यालय प्राङ्गणमा पनि कुटपिट गरेका थिए। सृष्टिले त्यो सहन नसकेर आत्महत्या गरेको परिवारको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved