विश्वकप क्रिकेटका लागि न्युजिल्यान्डको टोली घोषणा

नेपालभ्युज

विश्वकप क्रिकेटका लागि न्युजिल्यान्डको टोली घोषणा

काठमाडौं। आईसीसी एकदिवसीय विश्वकप क्रिकेटका लागि न्युजिल्यान्डको टोली घोषणा गरिएको छ।

सोमबार न्युजिल्यान्डले केन विलियम्सनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो। तथापि, गत आईपिएलमा घाइते भएका विलियम्सनले विश्वकप गुमाउन सक्ने सम्भावना पनि रहेको छ।

भारतमा अक्टोबर ५ देखि नोभेम्बर १९ मा विश्वकप आयोजना हुनेछ। विश्वकपको पहिलो खेलमा न्युजिल्यान्ड र इङ्ल्यान्ड आमने सामने हुनेछन्।

न्युजिल्यान्डको टोली:
केन विलियम्सन कप्तना, ट्रेन्ट बोल्ट, मार्क च्यापम्यान, डेभोन कोन्वे, लोकी फर्गुसन, म्याट हेनरी, टम लाथम, डेरिल मिचेल, जिमी निशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचल स्यान्टनर, इस सोधी, टिम साउदी र विल योङ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved