शाहरुख खानको ‘जवान’ ले तीन दिनमा कति कमायो ? तोडिए पुराना रेकर्ड

नेपालभ्युज

शाहरुख खानको ‘जवान’ ले तीन दिनमा कति कमायो ? तोडिए पुराना रेकर्ड

एजेन्सी। बलिउड सुपरस्टार शाहरुख खानको फिल्म ‘जवान’ ले तीन दिनमा विश्वभर तीन अर्ब ८४ करोड ६९ लाख भारतीय रुपैयाँ कमाएको छ ।

तमिल फिल्मका चर्चित नाम एट्लीले यस फिल्मलाई निर्देशन गरेका हुन् । यो बिहीबार भारतभर एकैसाथ हिन्दी, तमिल र तेलुगुमा रिलिज भएको थियो। यो फिल्म विश्वका धेरै देशमा पनि रिलिज भएको छ ।

यस फिल्ममा नयनता र विजय सेतुपतिसँगै दीपिका पादुकोण विशेष भूमिकामा छिन् ।फिल्म ‘जवान’ को प्रोडक्सन हाउस रेड चिलीज इन्टरटेनमेन्टले विश्वभरको बक्स अफिस कलेक्शनको कुल आंकडा सोसल मिडिया प्लेटफर्म एक्समा सेयर गरेको छ ।

यस अनुसार पहिलो दिन फिल्मले सबै भाषामा जम्मा १ सय ४४.२२ करोड कमाएको थियो, जसमध्ये ६८.७२ करोड रुपैयाँ हिन्दी रिलिजबाट आएको थियो। यो कुनै पनि चलचित्रको पहिलो दिनकै उच्च कमाई भएको दाबी गरिएको छ ।

फिल्म ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार फिल्म जवानको हिन्दी संस्करणले तीन दिनमा कुल १ सय ८०.४५ करोड कमाएको छ । उनले एक्समा लेखेका छन्, फिल्म जवान तीन दिनमा सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बनेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved