अनमोल केसीको फिल्म ‘फर्की फर्की’को छायाङकन नहुँदै टिजर सार्वजनिक (भिडिओ) 

लक्ष्मीपूजादेखि सुरू गरिने बताइएको फिल्म ‘फर्की फर्की’ को टिजर सार्वजनिक भएको छ।

नेपालभ्युज

अनमोल केसीको फिल्म ‘फर्की फर्की’को छायाङकन नहुँदै टिजर सार्वजनिक (भिडिओ) 

काठमाडौं। अनमोल केसीको अभिनय रहने फिल्म ‘फर्की फर्की’ को औपचारिक निर्माण घोषणा गरिएको छ।  लक्ष्मीपूजादेखि सुरू गरिने बताइएको फिल्म ‘फर्की फर्की’ को टिजर सार्वजनिक भएको छ।

शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फर्स्टलुक टिजर सार्वजनिक गरिएको हो।

सार्वजनिक टिजरमा अनमोललाई मात्र प्रस्तुत गरिएको छ। फिल्ममा अनमोलको जोडीको रूपमा अभिनेत्री जसिता गुरुङ देखिनेछन्।
सुयोग गुरुङको निर्देशनमा बन्न लागेको फिल्ममा रोहित अधिकारी र ओम अग्रवालको लगानी रहनेछ।

सुयोगकै कथा तथा पटकथा रहेको यो फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माता, आलोक शुक्लाको छायांकन रहनेछ।
फिल्म अर्काे वर्ष प्रदर्शन हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved