अन्तत: ‘एक भगवत् गीता’ले सेन्सर सिफारिस पाउँदै, नामको बीचमा ड्यास् थपिने

धार्मिक संघ सस्थाहरूले फिल्मको नाम परिवर्तन गर्न माग गरेपछि विवादमा रहेको फिल्म ‘एक भगवत् गीता’ले आज सेन्सर सिफारिस पाउने भएको छ।

नेपालभ्युज

अन्तत: ‘एक भगवत् गीता’ले सेन्सर सिफारिस पाउँदै, नामको बीचमा ड्यास् थपिने

काठमाडौं।धार्मिक संघ सस्थाहरूले फिल्मको नाम परिवर्तन गर्न माग गरेपछि विवादमा रहेको फिल्म ‘एक भगवत् गीता’ले आज सेन्सर सिफारिस पाउने भएको छ। निर्माण पक्षले एक साता लामो कसरत गरेपछि बल्ल सेन्सर सिफारिस पाउन लागेको हो।

फिल्मका निर्माण टिमले फिल्मको नाममा बीचमा ड्यास् (-) राख्ने बताएपछी धार्मिक संघ संस्थाहरू सहमतिमा आएका हुन्। अब फिल्मको नाम ‘एक भगवत–गीता’ रहने भएको छ।

फिल्म यही भाद्र २९ गतेबाट विश्वभर रिलिज हुँदैछ। आजै फिल्मले चलचित्र विकास बोर्डबाट जाँच पासका लागि सिफारिस पाउने भएको छ। धार्मिक सस्थाहरुले चलचित्र विकास बोर्डमा फिल्मको नाम परिवर्तनका लागि निवेदन दिएका थिए।

बोर्डले नाम फेर्न लगाउन र जाँच पाँच सिफारिस रोक्ने बोर्डसँग अधिकार नरहेको बताएपछि धार्मिक संघ संस्था सञ्चार मन्त्रालय पुगेको थियो। मन्त्रालयबाट सो विषयमा छलफल गरी समस्या समाधान गरिदिन भन्दै बोर्डलाई पत्र पठाएको थियो। त्यसपछि बोर्डले फिल्मका टिम र धार्मिक संघ संस्थाहरू दुवै पक्षलाई छलफल गराएको थियो।

पाँच दिनसम्म सहमति हुन सकेन। निर्माण टिम आफैँले फिल्मको नाममा बिचमा ड्यास् राख्ने निर्णय गर्दै सच्याउन बोर्डमा निवेदन दिए। यो कुरा धार्मिक सस्थाहरुले थाहा पाएपछि सहमतिमा आएका थिए।

दुवै पक्षले सहमति गरेपछि आज बोर्डले जाँच पास सिफारिस दिन लागेको हो।
सुहाना इन्टरटेन्ट्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई झरना थापाले निर्देशन गरेका हुन। फिल्ममा विपिन कार्की, सुहाना थापा, धिरज मगरलगायतको मुख्य भूमिका रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved