यसरी अघि बढ्दैछ विक्की कौशल र कैटरीना कैफको सम्वन्ध

नेपालभ्युज

यसरी अघि बढ्दैछ विक्की कौशल र कैटरीना कैफको सम्वन्ध

एजेन्सी । बलिउड अभिनेता विक्की कौशल अहिले आफ्नो आउने फिल्म ‘द ग्रेट इन्डीयन फैमिली’ को प्रचारमा छन् ।

यही क्रममा उनले एक अन्तरवार्ताका क्रममा कैटरीनासँग आफ्नो डेटिंगको विषयलाई लिएर खुलेर चर्चा गरेका छन् । साथमा परिवारलाई अगाडि बढाउने विषयलाई लिएर उनले बोलेका कुराले हलचल मच्चाएको छ ।

रेडियो सिटी इन्डियासँग गरिएको एक अन्तरवार्तामा सोधियो ‘जुनबेला उनीहरु डेटिंग गरिरहेका थिए सबैभन्दा पहिला कसले थाहा पायो ?’ यसमा अभिनेताको जवाफ थियो, “घरमा सबैभन्दा पहिला मेरा आमा र बुवालाई थाहा भएको थियो । त्यसपछि हामी दुवैले उहाँहरुलाई यसबारे बताएका थियौं ।”

विक्की कौशल र कैटरीना कैफ सन् २०२१ मा विवाह बन्धनमा बाँधिएका थिए । बच्चा पाउने विषयमा परिवारको कत्तिको दबाब छ भन्ने प्रश्नमा अभिनेताको जवाफ थियो, “कसैले दबाब दिनुभएको छैन । उहाँहरु एकदमै ‘मस्त’ हुनुहुन्छ । ”

विक्की र कैटरीनाले अहिलेसम्म एउटै फिल्ममा काम भने गरेका छैनन् । हाल कैटरीना कैफको कुनै फिल्म आएका छैनन् । त्यस्तै विक्की कौशल भने फिल्ममा एकदमै व्यस्त देखिन्छन् ।

उनले हालसालै मात्र जरा हटके जरा बचके जस्तो हिट फिल्म दिएका थिए । अहिले उनी द ग्रेट इन्डीयन फैमिलीमा व्यस्त छन् । जो २२ सेप्टेम्बरमा सिनेमाघरमा रिलीजका लागि तयार छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved