जसपाका केन्द्रीय सदस्यलाई प्रदेशस्तरीय सङ्ठनको जिम्मेवारी

नेपालभ्युज

जसपाका केन्द्रीय सदस्यलाई प्रदेशस्तरीय सङ्ठनको जिम्मेवारी

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यलाई प्रदेशस्तरीय जिम्मेवारी बाँडफाँट गरेको छ ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा गण्डकी प्रदेश इञ्चार्ज शिवलाल थापाको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय सदस्यलाई सङ्गठन गठन, पुनर्गठनको जिम्मेवारी दिएको पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले  दिए ।

उनका अनुसार जिम्मेवारी प्राप्त केन्द्रीय सदस्यले गण्डकी प्रदेशस्तरीय सङ्गठन वा समिति गठन वा पुनर्गठन गर्नुपर्ने र गण्डकी प्रदेश समिति पुनर्गठन गर्न केन्द्रीय सदस्य धनप्रसाद तामालाई तोकिएको छ ।

केन्द्रीय सदस्य सोम नेपालीलाई शिल्पी दलित विशेष समिति, केन्द्रीय सदस्य पानबहादुर घर्तीलाई समाजवादी आदिवासी जनजाति महासङ्घ, शर्मिला थापा मगर र पासाङ थापा मगरलाई समाजवादी महिला सङ्घ गठन, पुनर्गठनको जिम्मेवारी दिइएको छ ।

केन्द्रीय सदस्य जुनु पुनमगरलाई सांस्कृतिक महासङ्घ, केन्द्रीय सदस्य अर्जुन लम्साललाई ट्रेड युनियन महासङ्घ, केन्द्रीय सदस्य ज्ञानु आचार्यलाई समाजवादी खस÷आर्य सङ्घ गठन पुनर्गठनका लागि तोकिएको र गण्डकी प्रदेशले केही केन्द्रीय सदस्यलाई यसअघि नै जिल्ला समिति पुनर्गठनको जिम्मेवारी तोकेको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved