जवान पहिलो दिन सबैभन्दा धेरै कमाउने फिल्म, शाहरुखले तोडे आफ्नै कीर्तिमान

नेपालभ्युज

जवान पहिलो दिन सबैभन्दा धेरै कमाउने फिल्म, शाहरुखले तोडे आफ्नै कीर्तिमान

एजेन्सी । शाहरुख खानको जवान फिल्मले पहिलो दिन सबैभन्दा धेरै कमाउने कीर्तिमान बनाएको छ । शाहरुखले आफ्नै फिल्म पठानको कीर्तिमान तोडेका हुन् ।

विगत ७ महिनामा शाहरुखका दुई वटा फिल्म रिलीज भए । जो ओपनिंगको सन्दर्भमा पहिलो र दोस्रो नम्बरमा छन् । जवानको ओपनिंगले पठानलाई पछाडि छाडेको छ ।

जवानले पहिलो दिन बक्स अफिसमा ६५.५० करोड रुपैयाँ कमाएको छ । यो कमाइ भारतको मात्रै हो । विश्वभरबाट भने यसले डेढ अर्ब भन्दा धेरै संकलन गरेको बताइएको छ ।

पठान फिल्म २ सय ५० करोड भारतीय रुपैयाँमा बनेको थियो जसको विश्वव्यापी संकलन साढे १० अर्ब रहेको थियो । पठान ले रिलीज भएको पहिलो दिन ५५ करोड रुपैयाँ कमाएको थियो ।

जवानले कुल कमाइको कीर्तिमान पनि तोड्ने अनुमान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved