सर्पले डसेकी सुत्केरी विनिताको मृत्यु

नेपालभ्युज

सर्पले डसेकी सुत्केरी विनिताको मृत्यु

सुर्खेत । रुकुम पश्चिममा सर्पको डसाइबाट सुत्केरी महिलाको मृत्यु भएको छ । चौरजहारी नगरपालिका– १३ रातामाटाकी २२ वर्षिया सुत्केरी विनिता ओली विष्टको सर्पको डसाइबाट मृत्यु भएको हो ।

मंगलबार दिउँसो बारीमा गाईवस्तुलाई घाँस काट्ने क्रममा बिष्टलाई सर्पले डसेको थियो । सोही दिन राति विष्टले छोरीलाई जन्म दिइकी थिइन् । सुत्केरी भएकी विष्टको रक्तस्राव नरोकिएपछि उपचारको लागि चौरजहारी अस्पताल लगिएको थियो ।

सर्पको विष शरीरमा फैलिएको र रक्तस्रावका कारण आज बिहान मुत्यु भएको चौरजहारी अस्पतालका प्रशासक डिलबहादुर गिरीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved