हिंसाको गलत अनुमान गर्नु नै आणविक वार्ता असफल हुनुको मुख्य कारण : इरान

नेपालभ्युज

हिंसाको गलत अनुमान गर्नु नै आणविक वार्ता असफल हुनुको मुख्य कारण : इरान

एजेन्सी । इरानले गत वर्ष सेप्टेम्बरमा भएको सन् २०१५ को आणविक सम्झौताबारे वार्ता असफल हुनुको कारण पश्चिमी राज्यहरूले इरानमा भएको हिंसाको गलत अनुमान गर्नु रहेको बताएको छ ।

इरानको राजधानी तेहरानमा भएको साप्ताहिक पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता नासेर कनानीले इरान सेप्टेम्बर २०२२ मा भएको हिंसात्मक गतिविधिसहित आणविक वार्ता सफल बनाउन सबै पक्षलाई सम्झौताअनुसार फर्किने वातावरण बनाउन तयार रहेको बताए ।

उनले संयुक्त राज्य अमेरिका र साझेदार देशहरूले इरानमा अशान्ति र हुलहुज्जतमा भएको नोक्सानीको गलत आकलन गरेको बताए । उनले इरानको हुलहुज्जतको गलत तथ्यांकले आणविक वार्ता असफल भएको दाबी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved