विश्वकप क्रिकेटको लागि अष्ट्रेलियाली टोलीको घोषणा

नेपालभ्युज

विश्वकप क्रिकेटको लागि अष्ट्रेलियाली टोलीको घोषणा

काठमाडौं। अष्ट्रेलियाले पुरुष एकदिवसीय क्रिकेट विश्वकपको लागि टोली घोषणा गरेको छ।

अष्ट्रेलियाले बुधबार प्याट कमिंसको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो। नाथन एलिस, आरोन हार्डी, तनवीर सांघा भने टोलीमा पर्न असफल भएका छन् । उनीहरुलाई सम्मिलित गर्दै अष्ट्रेलियाले गत महिना १८ सदस्यीय टोली घोषणा गरेको थियो।

एकदिवसीय विश्वकप यही वर्षको अन्त्यमा हुँदैछ ।

अष्ट्रेलियाली टोली

प्याट कमिन्स (कप्तान), एस्टन एगर, सन एबोट, एलेक्स केरी, क्यामरुन ग्रीन, ट्रेभिस हेड, जोश हेजलवुड, जोश इग्लिस, मिचेल मार्श, ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, डेभिड वार्नर, एडम जाम्पा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved