ग्लोबल आईएमई बैंकद्वारा क्यास तथा चेक डिपोजिटर मेसिन सञ्चालन

नेपालभ्युज

ग्लोबल आईएमई बैंकद्वारा क्यास तथा चेक डिपोजिटर मेसिन सञ्चालन

काठमाडौं। ग्लोबल आईएमई बैंक लिमिटेडले नगद तथा चेक जम्मा गर्ने मेसिन सञ्चालनमा ल्याएको छ। मेसिन सञ्चालनमा आएसँगै आफ्नो अनुकूल समयमा बैंकमा रहेका क्यास तथा चेक डिपोजिटर मेसिनमार्फत ग्लोबल आईएमई बैंकमा रहेको खातामा नगद जम्मा गर्न सकिनेछ।

बैंकले पाँचवटा क्यास डिपोजिटर र पाँचवटा चेक डिपोजिटर मेसिन सञ्चालनमा ल्याएको हो। बैंकले काठमाडौं उपत्यकामा कमलादी, कुलेश्वर र न्युरोड तथा उपत्यका बाहिर इटहरी, नारायणगढ र बुटवल शाखामा क्यास डिपोजिटर मेसिन सञ्चालनमा ल्याएको छ भने काठमाडौं उपत्यकाभित्र कमलादी, न्युरोड, कुलेश्वर तथा काठमाडौं उपत्यकाबाहिर पोखरा र वीरगञ्ज शाखामा चेक डिपोजिटर मेसिन सञ्चालनमा ल्याएको हो।

बैंकको कमलादी शाखामा आयोजित कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त मेसिनको उद्घाटन गरे। उद्घाटनका अवसरमा अध्यक्ष ढकालले प्रविधिको विकास र आम उपझोक्ताको आकांक्षाअनुरूप वित्तीयक्षेत्र विश्वभर नै द्रुत गतिमा परिवर्तन भइरहेको बताए।

‘यो मेसिन कार्यदक्षता, सुविधा र सुरक्षाको मिश्रण हो। यसले ग्राहकलाई आफ्नो अनुकूल समयमा, विना कुनै कागजी प्रक्रिया सुविधाजनक हिसाबले क्यास तथा चेक डिपोजिट गर्न सहयोग पुग्नेछ। समयको बचत हुनेछ। २४ घण्टा सेवा उपलब्ध हुने हुँदा सेवा आफूअनुकूल लिन सकिनेछ,’ उनले भने।

यसका साथै ग्लोबल आईएमई बैंक आफ्ना ग्राहकवर्गलाई सदैव नवीन प्रविधि प्रदान गर्न तत्पर रहेको जानकारी दिए। ग्लोबल आईएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजीक्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ३४८ शाखा कार्यालय, ३६९ एटीएम, ३२२ शाखारहित बैंकिङ सेवा,

६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १, १०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved