नेपालका सांस्कृतिक सम्पदा दक्षिण एसियाकै साझा सांस्कृतिक धरोहर हुन् : राजदूत श्रीवास्तव

नेपालभ्युज

नेपालका सांस्कृतिक सम्पदा दक्षिण एसियाकै साझा सांस्कृतिक धरोहर हुन् : राजदूत श्रीवास्तव

काठमाडौं। भारत सरकारको वित्तीय सहयोगमा ललितपुर महानगरपालिका ११ इखाछेंस्थित नापीचन्द्र महाविहारको पुनःनिर्माण पछि उद्घाटन गरिएको छ ।

सोमबार एक कार्यक्रमको आयोजना गरी भारत सरकारको वित्तीय सहयोग एवं कला र सांस्कृतिक सम्पदाको लागि भारतीय राष्ट्रिय ट्रस्टको प्राविधिक सहयोग तथा नेपाल सरकार र सहकारी विकास मन्त्रालय लगायतका सरकारी निकायहरुको सहयोगमा ललितपुर महानगरपालिका ११ इखाछेंस्थित नापीचन्द्र महाविहारको उद्घाटन भएको हो ।

कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले नेपालको सांस्कृतिक सम्पदाको रक्षा भनेको दक्षिण एसियाकै साझा सांस्कृतिक धरोहर भएको बताए । उनले नेपाल र भारतबीचमा संस्कृतिको सम्बन्धलाई थप विस्तार गर्दै लैजानुपर्ने बताए ।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सम्पदा संरक्षणको कामलाई अझै विस्तार गर्नुपर्ने बताए । उनले काठमाडौं उपत्यकामा पुनःनिर्माण भएकामध्ये पिम्बाल पोखरीलाई धेरैले रुचाएको बताए ।

नेपालको सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदानअन्तर्गत करिब ३.५ करोड रुपैयाँको लागतमा निर्मित ललितपुरस्थित श्री नापीचन्द्र महाविहारको नयाँ भवनको नेपालका लागि भारतीय राजदूत श्रीवास्तव र ललितपुर महानगरपालिकका मेयर महर्जनले संयुक्त रूपमा उद्घाटन गरेका थिए । नेपालको सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत यो परियोजनाको निर्माण भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved